Monday, March 31, 2014

                                                समाज सेवि सेर्पाको निधन 
नेपाल रेडक्रस सोसाइटी तातोपानि उपशाखाका सभापति चन्द्र शेर्पाको ५१ बर्षको उमेरमा असामहिक निदन भयको छ ।
शेर्पाले आफ्नो सेवालाई जिल्ला र नेपालमा मात्र नभै चिनको खाशामा भयको आगलागिमा समेत राहात तथा उद्धार कार्य गरेका शेर्पा नेपाल रेडक्रस सोसाइटीको पहिलो यसस्कर सदस्य समेत रहनु भयको थियो । शेर्पाले रेडक्रसको तातोपानि उपशाखामा  २० बर्ष देखि लगातार सभापति पदमा रहि आफ्नो कार्य गर्दै आउनु भयको थियो ।
समाज सेवि शेर्पा लाई अकसमात समस्या देखि पछि  काठमान्डौं बाँसबारी स्थित न्युरो अष्पतालमा भर्ना गरीयको थियो । उपचारकै क्रममा शेपाको विहिशवार निधन भयको हो । शेर्पाको पार्थिप शरिरलाई आज बौद्धमा रहेको शेर्पा गुम्वामा अन्तीम श्रदानजलीकालागी राखियको छ भने भोलि शेपाको पार्थिव शरिरलाई बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरीने छ ।
शेर्पाको निधन प्रति शोक व्यक्तगर्दै आज नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले श्रदानजली व्यक्त गर्दै शोकसम्तव्द परिवार प्रति हादिक समवेदना प्रकट गरेको छ । सोसाइटीले शेपाको निधनले जिल्लाका सामाजिक सेवाको एउटा धरोहरनै संकटमा परेको वतायको छ ।

                          स्वास्थ्य चौकिलाई सामान वितरण 
नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकले जिल्लाको नवलपुर इलाका स्वास्थ्य चौकि नवलपुरलाई जिन्सि सामाग्री सहयोग गरेको छ ।
माघ १ गते सोसाइटीले सो स्वास्थ्य चौकिको लागी विरामि सुत्ने वेडको लागी दश ओटा कम्मल,स्टेचर, विरामीलाई खान खाने थाल गिलास, भाण्डा सेट , वेडमा ओक्षायाउने कबरहरु, बाल्टीनी लगायतको समाग्री वितरण गरेको हो । सोसाइटीले कम्मल र स्टेचर भने रेडक्रस अन्तराष्ट्रीय समितिले सहयोग गरेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभयेल, अन्तराष्ट्रीय रेडक्रसका स्वास्थ्य विभाग हेर्ने शषि कर्ण,अन्तराष्ट्रीय समितिकानै मध्यमाञ्चल कार्यक्रम हेर्ने रामजि कार्कीले सयुक्तरुपमा सामान हस्तान्तरण गरेका थिय । यस किसिमको कार्यक्रम सानोभय पनि मानव स्वास्थ्यमा प्रत्यक्ष रुपमा सहयोग पुग्ने रेडक्रसका कार्यालय प्रमुख राजकुमार लम्सालले वताय ।
सामान वुझे पछि नवलपुर स्वास्थ्य चौकिका प्रमुख कुलराज शर्माले यस किसिमको सामान प्राप्त गरे पछि जाडो महिनामा आउने विरामिको लागि समेत राम्रो ओडनेको व्यवस्था मिलेको वताय ।

                   लेखा तालिम सम्पन्न
लेखा तथा समुह वेवस्थापन तालिम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाको आयोजनामा तिन दिने तालिम सम्पन्न भएको हो ।
सोसाइटीले जिल्लामा सञ्चालन गर्दै आएको एचआइभी,मानवबेचविखन तथा सामाजिक भेदभाव विरुद्ध युवा शसक्तिकरण कार्यक्रम अन्तरगत नवलपुर र शिखरपुर गाविसमा गठित महिला समुहका लागि तालिम प्रदान गरीयको हो । तालिममा दैनिक बचतको हिसाव वेवस्थापन,समुहमा ऋण लगानी गर्दा अपनाउनु पर्ने तरी,समुहलाई आर्थिक रुपमा पारदर्शी वनाउने तरीका बारे छलफल गरीयको थियो ।
तालिम फागुन २६ देखि चैैत्र १ गते सम्म सञ्चालन भएको थियो । तालिममा सहजकर्ताको रुपमा केन्द्रिय कार्यालयका लेखा अधिकृत तिलक श्रेष्ठ र योगेन्द्र  ले सहजिकरण गरेका थिय । यस कार्यक्रम अन्तरगत जिल्लाका दुई गाविसमा १८ महिला समुह रहेका छन् ।

                                         अभिमुखि करण कार्यक्रम सम्पन्न
मधुमेह रोग सम्वन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भयको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक,तिलगंगा आखा प्रतिष्ठान र सिन्धुसामुदायिक आँखा केन्द्रको सयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मधुमेह रोगको असर र मधुमेहले आँखाको पर्दामा पार्ने असर बारेमा छलफल गरीयाको थियो । अभिमुखिकरणमा मेलम्चि आसपासमा १२ गाविसमा ४६ जना स्वास्थ्य कर्मिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहजकर्ताको रुपमा तिलगंगा आखाँ प्रतिष्ठानका बल बहादुर क्षेत्रि, सिन्धुसामुदायिक आँखा केन्द्रका इन्चार्ज फुलराज शर्मा लगायतले सहजिकरण गर्नुभएको थिायो ।
तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले सञ्चालन गर्दै आयको छ । कार्यक्रम अन्तरगत सन् २०१३ देखि २०१५ सम्मका लागि मधुमेहले आँखाको पर्दामा पार्ने असरका बारेमा कार्यक्रम सञ्चालन गरीरहेको सोसाइटी का मन्त्री कमलचरण कक्षपतीले वताउनुभयो । कार्यक्रम अन्तरगत जिल्लाका ७६ जना मधुमेहका रोगिहरुको आँखाको फोटो खिच्ने कार्य सम्पन्न भएको छ । यस कार्यक्रम अन्तरगत जिल्लामा रहेका मधुमेहका रोगीको आँखाको पदाको फोटो खिच्ने र स्वास्थ्य कर्मिहरुलाई मधुमेह र यस आँखाको पर्दामा पार्न असरका बारेमा तालिम तथा अभिमुखिकरण कार्यक्रम रहेको छ ।
सोसाइटी सिन्धुपाल्चोकले तिलगंगा आँखा प्रतिष्ठान संगको सहकार्यमा सन् २००४ देखि आखा कार्यक्रम सञ्चालन गर्दै आयको सोसाइटी जिल्ला शाखाका कार्यलय प्रमुख राजकुमार लम्सालले तताउनु भयो  ।

                     ओठ तालु फाटेकाको छनोट सिविर सम्पन्न
ओठ तालु फाटेका तथा आगोले पोलेर अंग जोडियाका हरुको छनोट शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखा र मोडल अष्पताल काठमान्डौंको सयुक्त आयोजनामा शनिबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम १४ जनाको परिक्षण गरीयको थियो । परिक्षण गरीयका मध्य ४ जनालाई शल्लेक्रियाको लागि शनिबारनै काठमान्डौं लगियको छ । जसमध्य ४ जनालाई भने २३ गते पछी शल्लेक्रियाको लागि बोलाईयको छ । बाँकिको हकमा शल्लेक्रिया गर्न नमिल्ने भएकाले उनिहरुलाई सामान्य परिक्षण पछि फिर्ता गरीयको छ ।
यस्ता शिविरहरु सोसाइटी जिल्ला शाखाले प्रत्यक बर्षमा दुई पटक गर्दै आयको छ । त्यहि शिलसिलामा सोसाइटीले प्रत्यक बर्षको भाद्र १६ गते र फागुन १६ गते शिविर हुने भएको छ । यस भन्दा केहि बर्ष अगि देखिनै सोसाइटीले यस्ता शिबिर हरु सञ्चालन गर्दै आएको छ ।

             रेडक्रस द्धारा महिला समुका सदस्यलाई साडी वितरण
नवलपुर र शिखरपुरका १८ महिला समुहका ३६० जना सदस्यहरुका लागि साडी र बाल्उज वितरण कार्य सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोले सन् २०१३ देखि जिल्लामा सञ्चालन गरी रहेको  एचआइभी, मानव बेचविखन तथा सामाजिक भेदभाव विरुद्ध युवा शसक्तिकरण कार्यक्रम अन्तरगत साडी वितरण गरीएको हो । सोसाइटीले नवलपुर र शिखरपुरमा गठन गरेको १८ वोटा महिला समुहका तिन सय ६० जना महिलाहरुलाई साडी वितरण गरीयको छ । सोसाइटीले जिल्लाका दुई वोटा गाविसका महिलाहरुको लागी साडी वितरण गरेको हो ।
साडी वितरण गर्दै नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभडेलले यो साडी  वितरण गर्नुको मतलव भनेको रेडक्रसको महिला समुहको पहिचानका लागी भएकाले यसलाई थन्कायर राख्ने भन्दा पनि कार्यक्रमहरुमा लगाउनका लागि अनुरोध गर्नु भएको थियो । कार्यक्रममा परियोजनाका संयोजक हरिकुमार शर्मा,जिल्ला शाखा मन्त्रि कमलचरण कक्षपति लगायतको उपस्थिति रहेको थियो ।

        जिवन उपयोगी सिपमा आधारीत प्रशिक्षक प्रशिक्षण सम्पन्न
जीवन उपयोगी सीपमा आधारित प्रशिक्षक पुनर्ताजगी प्रशिक्षण  सोमबार सम्पन्न  भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाको आयोजनामा तालिम सम्पन्न भएको हो ।
सोसाइटीले सञ्चालन गरेको एचआइभी,मानवबेचविखन तथा सामाजिक भेदभाव विरुद्ध युावा सशक्तिकरण कार्यक्रम अन्तरगत प्रशिक्षण सञ्चालन गरीयको हो । जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले कार्यक्रमको उद्घाटन गर्नुभयको थियो । शनिबार देखि चौतारामा सुरुभयको सो कार्यक्रम तालिमका सहभागिलाई प्रमाण पत्र वितरण गरी तालिम सम्पन्न भएको हो ।
कार्यक्रमको समापन समारोह लाई सम्वोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका सभापति तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्रमान ताल्चाभयेलले आफुहरु सरकारको सहयोगीको रुपमा काम गर्ने भयकाले यस्तो कार्यक्रम राखेको वताउनु भयको थियो । कार्यक्रममा उहाँले नेपालमानै पहिलो पटक एचआइभि भयको मानिस सिन्धुपाल्चोक बाट खुलेकोले पनि रेडक्रसले जिल्लामा एच्आइभि सम्वन्धि काम गर्दैै आयको बताउनुभयो । कार्यक्रममा वोल्ने क्रममा कार्यक्रमका प्रशिक्षक गौरीशंकर पाण्डेले नेपाल सरकारले जिवन उपयोगि सिपलाई विद्यालयको पाठ्यक्रममा नै राखि अध्यापन गराउनु पर्ने वताउनु भयो ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटीका उपसभापति तथा परियोजना समितिका संयोजक हरिकुमार शर्माको संयोजकत्वमा सम्पन्न भएको हो । कार्यक्रममा कार्यक्रम लागु भयका दश विद्यालयका शिक्षक नायक र परियोजनाका कर्मचारी गरी १३ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहजकर्ताको रुपमा गौरीशंकर पाण्डे र टिकाराज पौडेलले भुमिका निभाउनु भयको थियो ।