Monday, March 31, 2014

                                                समाज सेवि सेर्पाको निधन 
नेपाल रेडक्रस सोसाइटी तातोपानि उपशाखाका सभापति चन्द्र शेर्पाको ५१ बर्षको उमेरमा असामहिक निदन भयको छ ।
शेर्पाले आफ्नो सेवालाई जिल्ला र नेपालमा मात्र नभै चिनको खाशामा भयको आगलागिमा समेत राहात तथा उद्धार कार्य गरेका शेर्पा नेपाल रेडक्रस सोसाइटीको पहिलो यसस्कर सदस्य समेत रहनु भयको थियो । शेर्पाले रेडक्रसको तातोपानि उपशाखामा  २० बर्ष देखि लगातार सभापति पदमा रहि आफ्नो कार्य गर्दै आउनु भयको थियो ।
समाज सेवि शेर्पा लाई अकसमात समस्या देखि पछि  काठमान्डौं बाँसबारी स्थित न्युरो अष्पतालमा भर्ना गरीयको थियो । उपचारकै क्रममा शेपाको विहिशवार निधन भयको हो । शेर्पाको पार्थिप शरिरलाई आज बौद्धमा रहेको शेर्पा गुम्वामा अन्तीम श्रदानजलीकालागी राखियको छ भने भोलि शेपाको पार्थिव शरिरलाई बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरीने छ ।
शेर्पाको निधन प्रति शोक व्यक्तगर्दै आज नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले श्रदानजली व्यक्त गर्दै शोकसम्तव्द परिवार प्रति हादिक समवेदना प्रकट गरेको छ । सोसाइटीले शेपाको निधनले जिल्लाका सामाजिक सेवाको एउटा धरोहरनै संकटमा परेको वतायको छ ।

No comments:

Post a Comment