Monday, March 31, 2014

             रेडक्रस द्धारा महिला समुका सदस्यलाई साडी वितरण
नवलपुर र शिखरपुरका १८ महिला समुहका ३६० जना सदस्यहरुका लागि साडी र बाल्उज वितरण कार्य सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोले सन् २०१३ देखि जिल्लामा सञ्चालन गरी रहेको  एचआइभी, मानव बेचविखन तथा सामाजिक भेदभाव विरुद्ध युवा शसक्तिकरण कार्यक्रम अन्तरगत साडी वितरण गरीएको हो । सोसाइटीले नवलपुर र शिखरपुरमा गठन गरेको १८ वोटा महिला समुहका तिन सय ६० जना महिलाहरुलाई साडी वितरण गरीयको छ । सोसाइटीले जिल्लाका दुई वोटा गाविसका महिलाहरुको लागी साडी वितरण गरेको हो ।
साडी वितरण गर्दै नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभडेलले यो साडी  वितरण गर्नुको मतलव भनेको रेडक्रसको महिला समुहको पहिचानका लागी भएकाले यसलाई थन्कायर राख्ने भन्दा पनि कार्यक्रमहरुमा लगाउनका लागि अनुरोध गर्नु भएको थियो । कार्यक्रममा परियोजनाका संयोजक हरिकुमार शर्मा,जिल्ला शाखा मन्त्रि कमलचरण कक्षपति लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment